Mr. Ishwor Laal Shrestha
Past President
वि.सं. १९८८ सालमा ठहिटी, काठमाण्डाँैमा जन्मनुभएका श्री ईश्वरलाल श्रेष्ठ उद्योग तथा ब्यापार क्षेत्रमा लामो समय देखि सक्रिय भई आउनु भएको छ ।
वि.सं २०१९ देखि चेम्बरमा का.स. सदस्यबाट प्रवेश गर्नुभएका श्रेष्ठले सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष तथा अध्यक्ष पदमा रही कार्य गर्नुभएको थियो ।
श्री ५ को सरकार घरेलु तथा साना उद्योग विकास समितिको संचालक पद, खाद्य उद्योग लि., घरेलु हस्तकला उद्योग प्रा.लि. साथै नेपाल बनस्पति घिउ, नेपाल समुन्द्रपार निकास पैठारी संघ, नेपाल निटिङ्ग ईन्डष्ट्रिज, सिद्धार्थ खाद्य उद्योग, काठमाण्डौँ प्लास्टिक उद्योग, ब्यापार कर्पोरेशन, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल पारवाहन तथा गोदाम ब्यवस्था कम्पनी तथा नेपाल उद्योग वाणिज्य महासंघ संचालक एवम सदस्य रही आफ्नो अमुल्य सहयोग तथा सुझाव प्रदान गर्नुभएको थियो ।
उहाँ उद्योगी ब्यापारीको साथै सफल सामाजिक कार्यकर्ताको रुपमा समेत आफ्नो अमुल्य योगदान गर्दै आउनु भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धनको सिलसिलामा अमेरिका, पूर्वी यूरोप, दक्षिण पूर्व एशिया, आशयान तथा दक्षिण एशियाको भ्रमण गर्नुभएको छ ।
-
1993-1995
Past President
Nepal Chamber of Commerce (Kantipath, Kathmandu)